किसर क्विन ‘बाणी’विरुद्ध मुद्दा दर्ता

  • पुस १८, २०७६
  • १५० पटक पढिएको
  • न्यू पाटी
alt

गत वर्षको सिनेमा ‘बेफिक्रे’मा रणवीर सिंहसँगको किस सिनले बलिउड सिनेमाकी किसर क्विन बनेकी बाणी कपुर ट्रोलको शिकार भएकी छिन् ।बाणी आफ्नो अफिसियल इन्स्टाग्राममा ‘हरे राम’ लेखेको बिकिनी लगाएको तस्बिर सेयर गरेकी थिइन्। बिकीनीमा भगवानको नाम लेखेर धर्मप्रति अपमान गरेको भन्दै सामाजिक सञ्जालमा उनको विरोध शुरु भएको हो ।

उनको ड्रेसमा कमेन्ट गर्दै एक प्रयोगकर्ताले लेखेका थिए,  ‘बाणी तिमीलाई हाम्रो हिन्दु धर्मदेखि अलिकति पनि डर छैन।  यदि भगवानलाई सम्मान गर्न सक्दैनौ भने अपमान गर्ने कोसिश पनि नगर।’ यो तिम्रो मुर्खता हो।

भारतीय सञ्चार माध्यम आजतकका अनुसार बाणीविरुद्ध मुद्दा दर्ता भएको छ । मुम्बईको एनएम जोशी मार्गमा रहेको पुलिस स्टेशनमा रमा सावन्त नामकी महिलाले बाणीविरुद्ध मुद्दा दर्ता गराएकी भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

मुद्दा दर्ता गरेकी रमाले बाणीविरुद्ध मानिसहरुको धार्मिक भावनामा ठेस पुराएको आरोप लगाएकी छिन् । रमाले पुलिसले उनलाई स्टेटमेन्ट रेकर्ड गर्नको लागि बोलाएको बताएकी छिन् । यसपछि, वाणीले इन्स्टाग्रामबाट ट्रोल बनेको तस्बिर हटाएकी छिन् । यद्यपि, तस्बिर सामाजिक सञ्जालमा भाइरल भइसकेको छ । बाणी हालै मात्र प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र ‘वार’ मा ऋतिक रोशन र टाइगर श्रोफका साथमा देखिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved