इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभाग तथा सेलहरुमा आर्थिक विभाग , वैदेशिक रोजगार विभाग लौगिक सेल , जिल्ला कार्यक्रम , आन्तरिक लेखा परिक्षण , संगठन विभाग लगातय रहेको नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेश सचिव उमानाथ आचार्यले जनाएका हुन ।
प्रदेश उपाध्यक्ष गोपाल भट्टराईको संयोजकत्वमा आर्थिक विभागमा लिलानाथ घिमीरे ,चम्पक कोइराला , चक्रवहादुर बस्नेत ,सुमन प्रकास वास्कोटा सदस्य रहेको छन । वैदेशिक रोजगार विभागमा प्रदेश उपाध्यक्ष डिक प्रसाद घिमीरे, लौगिक सेल संयोजकमा पंक्षी वाइवा , जिल्ला कार्यक्रम संयोजकमा प्रदेश सचिव सुमन अधिकारी , आन्तरिक लेखा परिक्षण विभागमा गंगाराम ओडारी ,संगठन विभाग संयोजकमा उमानाथ आचार्यलाई मनोनयन गरेको छ ।
त्यसै गरी व्यवसाय जन्य स्वास्थ्य सुरक्षण सेवा विभाग , कानुनी सेल , अनुशासन समिति , प्रचारप्रसार तथा प्रकासन विभाग , मानव अधिकार तथा ट्रेड युनियन विभाग ,सामाजिक सुरक्षा तथा श्रमिक सहकारी विभाग , सरकारी तथा गैरसरकारी संस्था समन्वय विभाग , श्रम संवद्ध विभाग र योजना तथा आायेजना विभाग संयोजक तथा सदस्यहरु मनोनयन गरेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved