काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समुहले आज पनि राजधानीमा प्रदर्शन गर्ने भएको छ । प्रसाईँले आफनो नेतृत्वमा शुक्रबारबाट तीनकुनेमा प्रर्दशन हुने सूचना बिहिबार साँझ सार्वजनिक गरेका थिए । बिहीबार बल्खुमा शक्ति प्रदर्शन गरेका प्रसाईं आजबाट तीनकुने केन्द्रित भएका हुन् ।वर्तमान राजनीतिक व्यवस्था परिवर्तन नभएसम्म आफ्नो आन्दोलन नरोकिने उनको भनाइ छ ।
एता जिल्ला प्रशासन कार्यालय काठमाडौंले भने प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानलाई तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिइएको प्रस्ट पारेको छ ।कार्यालयसँग कुनै समन्वय नगरी शान्ति सुरक्षा तथा अमनचयन बिथोल्ने गरी कार्यक्रम सार्वजनिक गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै कार्यालयले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नदिइएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved