१ सय ९६ किलोग्राम गाँजा बरामद

  • मंसिर ७, २०८०
  • ३१६ पटक पढिएको
  • न्यू पाटी
alt

विराटनगर : प्लाष्टिकको झोलामा पोको पारी खेतमा परालभित्र लुकाएर राखेको अवस्थामा प्रहरीले १ सय ९६ किलोग्राम गाँजा बरामद गरेको छ ।

विराटनगर महानगरपालिका १८ बाट प्रहरीले बिहान ३ बजेतिर उक्त परिमाणमा लागूऔषध गाँजा बरामद गरेको हो । तर, यसको कारोबार, ओसारपसार र भण्डारणमा संलग्न भने भेटिएनन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालका अनुसार इलाका प्रहरी कार्यालय बुधनगरबाट प्रहरी वरिष्ठ नायव निरीक्षक विजय बस्नेतको नेतृत्वमा खटिएको टोलीले गाँजा बरामद गरेको जानकारी दिएका छन ।

विशेष सुराकीका आधारमा गाँजा बरामद गरिएपनि यसको ओसारपसार र भण्डारणमा संलग्नको भने पहिचान हुन बाँकी रहेको उनको भनाइ छ । गाँजा कसले ल्याएको हो भनेर पत्ता लगाउने प्रयास भइरहेको र कारोबारीको खोजी जारी रहेको डीएसपी दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved