महिला उद्यमशिलता प्रदर्शनी मेलालाई सफल वनाउने विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न

उद्योग वाणिज्य संघ इटहरी महिला उद्यम समितिको आयोजनामा यहि भाद्र १५ गते देखि १७ गते सम्म सञ्चालन गरिने

  • भदौ ८, २०८०
  • ५८९ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : उद्योग वाणिज्य संघ इटहरी महिला उद्यम समितिको आयोजनामा यहि भाद्र १५ गते देखि १७ गते सम्म सञ्चालन गरिने महिला उद्यमशिलता प्रदर्शनी मेलालाई सफल वनाउने विषयमा विभिन्न संघ संस्थासंग छलफल र अन्तरक्रिया गरिएको छ ।

उद्यमीहरुका उत्पादनलाई बजारिकरण सहित प्रवर्द्धनमा जोड दिँदै इटहरीमा आयोजना गरिने तीन दिने महिला उद्यमशिलता प्रदर्शनी मेलाका विषयमा आयोजकले विभिन्न संघ संस्थाका प्रतिनिधिहरुसंग छलफल र अन्तरक्रिया गरेको हो ।

इटहरी उद्योग वाणिज्य संघ महिला उद्यम समिति, नेपाल युवा उद्यमी मञ्च सुनसरीको संयुक्त आयोजनामा इटहरीको लायन्स क्लवमा सञ्चालन गरिने महिला उद्यमशिलता प्रदशनीलाई सफल वनाउने विषयमा इटहरी क्षेत्रका क्रियाशिल संघ संस्था, शैक्षिक संस्था, उद्योगी व्यवसायीहरुको सहभागिता छलफल गरियो । छलफलमा उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जिवन पराजुली, कार्यक्रम संयोजक मिना ढकाल, विश्व आर्दश कलेजका प्रार्चाय गणेश दुलाल, नेपाल रेडक्रस सोसाइटी इटहरीका अध्यक्ष दिनेश कुमार भट्टराई, जिल्ला होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष तेजवहादुर पुरी लगायतको सहभागिता रहेको थियो ।

महिला उद्यमशिलता प्रदर्शनी मेलामा घरेलु उत्पादनलाई विशेष गरी प्राथमिकतामा राखेर उद्यमशिलतामा महिलाहरुलाई उत्साहित वनाउने उद्धेश्यले महिला उद्यमशिलता प्रदर्शनी आयोजना गर्न लागिएको सो अवसरमा जानकारी गराइएको थियो ।  

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved