अनलाईन मार्फत घर नक्सा पास गरेका इटहरी उपमहानगरपालिकाका सेवाग्राही दंग

  • जेठ १८, २०८०
  • ४६३ पटक पढिएको
  • रञ्जना पौडेल
alt इटहरी उपमहानगरपालिका

इटहरी  : समयको मागअनुसार इटहरी उपमहानगरपालिकाले घर नक्सा पास गर्ने प्रणालीमा परिवर्तन गरेको छ । इटहरीमा डिजिटल प्रणालीबाटै नक्सा पास गर्न थालिएको छ । डिजिटल प्रणालीबाट नक्सा पास गर्दा सम्बन्धित उपमहानगरपालिका धाइरहनु पर्दैन् र घरबाटै नक्सा पाससम्बन्धी सबै काम गर्न सकिन्छ । स्वयं व्यक्ति लाम लागेर उभिनु नपर्ने र फाइल बोकेर दौडिनु नपर्ने भएकाले डिजिटल प्रणाली लागू गरिएको हो ।

इटहरीका ६८ वर्षे रघुनाथ गौतमले नयाँ घर बनाएर सर्ने योजना बनाएको सात वर्ष विति सक्यो । उनलाई नयाँ घर बनाएर सर्ने उत्साहभन्दा घर बनाउँदा नक्सा पास गर्ने पीर धेरै छ। उनको इटहरी र विराटनगर दुवै ठाउँमा घडेरी छन् । इटहरीभन्दा पहिला उनले विराटनगरमै घर बनाउने योजना बनाएका थिए । ‘विराटनगरमा घर बनाउन थुप्रैपटक धाए, तर घर नक्सा पास गर्नै गाह्रो भो,’ उनले भने, ‘घर नक्सा पास गर्न जादाको पीडाले छाती भत्भती पोल्छ ।’ घर नक्सा पास नहुँदाको पीडाले उनको मन ‘यूटर्न’ हुन पुगेको छ ।

ranjan didi report.00_00_33_28.Still001
रघुनाथ गौतम

यतिबेला उनले इटहरीमै घर बनाउने योजना बनाएर काम अघि बढाएका छन् । ‘घर नक्सा बनाउन इटहरीमा धेरै सहज भएको महसुस गरेको छु,’ रघुनाथले भने, ‘यहाँ इटहरीमा त धेरै धाउनु पनि पर्दैन ।’ अहिले डिजिटल प्रणाली सुरुवात भएपछि घर नक्सा पासको काममा इटहरीमा सहज भएको छ । उपमहानगरपालिकाले घर नक्सा पासका लागि इलेक्ट्रोनिक बिल्डिङ परमिट सिस्टम (इविपीएस) कम्युटर सफ्टवेयरबाट पास हुने व्यवस्था कार्यान्वयनमा ल्याएकाले सेवाग्राहीले सहजता महशुस गर्न थालेका छन । ‘पहिला पहिला त निकै झन्झटिलो थियो, अहिले चाँहि सहज भयो,’ स्थानीय मानबहादुर कार्की भने । इटहरीमा वैशाख १४ गतेदेखि डिडिटल प्रणालीबाट घर नक्सा पास सुरु भएको हो । ‘अब चाँहि पैसा पनि बच्ने र सेवा पनि छिटो पाइने भएछ,’ मानबहादुरले भने ।

अनलाईन मार्फत नक्सा पास गरेर पहिलोपटक प्रमाणपत्र लिएका आशिष कार्की पनि दङ्ग छन् । बिना झन्झट घरैमा बसेर काम गर्न सकिने भएपछि धेरै सहज महसुस गरेको उनी बताँछन् । अनलाईनबाट घर नक्सा पासका लागि जमिन निरीक्षणको प्रकिया सकिएसगैं काम फाटाफट अघि बढ्ने गरेको छ। त्यसका लागि पालिकामा धाउनुको सट्टा आफनै मोवाइलबाट इन्टरनेटको प्रयोगमार्फत खोजी गर्न सकिन्छ ।

ranjan didi report.00_02_04_00.Still004
पहिलोपटक प्रमाणपत्र लिएका आशिष कार्की

त्यसो त इटहरीकै जानुका भट्टराईंलाई दुई वर्षअघि घर बनाउँदा नक्सा पासका लागि मापदण्ड पुरा गर्न पुरै सकस भएको थियो । नक्सा प्रमाणित गर्न नै धौ धौं भएको थियो । ‘मापदण्ड अनुसार घर नक्सा पास नहुँदा घर बनाउने आशै आशमा जीवन जाने हो कि क्या हो जस्तो भएको थियो,’ उनले विगत सम्झदै भनिन् । घर नक्सा पासका अधिकतरले झन्झट बेर्होनु परिरहेको थियो । इटहरी उपमहानगरपालिका वडा नंं. २० तरहराका देव तामाङ् घर नक्सा पासका लागि अनलाईन सेवा सुरु हुनु भन्दा अगाडि नै वुझाएको कागज हराएपछि उपमहानगरपालिकामा कागज खोजी गर्नका लागि केही दिन देखि धाइरहेका छन । घर नक्सा पास गराउने काम झन्झटिलो रहेकाले तामाङ् ६ महिना देखि कागजात खोजीमै छन् । उनी भन्छन, ‘अहिलेको जस्तो डिजिटल प्रणालीमा घर बनाउन पाएको भए दुःख नपाइने रहेछ !’

ranjan didi report.00_02_39_01.Still005

सेवाग्राहीले सेवा चुस्त दुरुस्त नभएको गुनासो गरेकाले गर्दा यसलाई सहज बनाउनकै लागि डिजिटल प्रणाली लागु गरेको इटहरी उपमहानगरपालिकाले जनाएको छ। उपमहानगरपालिकाको कार्यपालिकाको १ सय १९ औं वैठकले घर नक्साको काम डिजिटल प्रविधिबाट गर्ने निर्णय गरे अनुसार कार्यान्वयनमा आएको हो । घर नक्सा वनाउने काममा सेवाग्राहीहरु पिरोलिरहेको र विचौलियाहरुले समेत सेवाग्राहीलाई दःुख दिने गरेको गुनासोलाई आधार वनाएर डिजिटल प्रणाली सुरुवात गरेको नगरप्रमुख हेमकर्ण पौडेलले वताए । उनले डिजिटल प्रणालीबाट सेवा प्रदान गर्न थालिएपछि कागजरहित सेवा सुरु हुने हुँदा सेवाग्राहीहरुका लागि सहज हुन थालेको दावी गरे । उपमहानगरपालिकाले घर नक्सा वनाउने सेवाग्राहीहरुका लागि न्युनत शुल्कमा वनाउने व्यवस्था मिलाएको समेत पौडेलले जानकारी दिए ।

IMG-3004
हेमकर्ण पौडेल नगरप्रमुख इटहरी उपमहानगरपालिका

उपमहानगरपालिकाले नगरवासीलाई सहज होस् भनेर डिजिटल प्रणाली सुरु गरेको छ । डिजिटल प्रणालीमा काम हुन थालेपछि निवेदन दिने काम देखि नै सबै कुराहरु कसरी काम भई रहेको छ भनेर सेवाग्राही आफैले थाहा पाउने र सेवाग्राहीले फाइल बोकेर हिडीरहनु नपर्ने हुँदा सहज हुने इटहरी उपमहानगरपाकिा घर नक्सा शाखाका प्रमुख इन्जिनियर कैलाश तिम्सिना वताउँछन । घर नक्साको डिजाईन फेज देखि नक्सा पास हुँदा वडा देखि उपमहानगरपालिका सम्म कसरी भई रहेको छ भनेर सेवाग्राहीले नै थाहा पाउने भएका कारण सेवाग्राहीले उपमहानगरपालिका धाइरहनु झन्झट हराउने सेवाग्राहीले पनि आशा गरेका छन ।

IMG-3005
कैलाश तिम्सिना प्रमुख घर नक्सा शाखा इटहरी उपमहानगरपालिका

इटहरी उपमहानगरपालिकामा घर नक्सा पासको काम डिजिटल प्रविधिबाट गर्ने कार्य सुरु भएको एक महिना पनि विति नसकेको अवस्थामा डिजिटल प्रविधिबाट काम गर्ने सेवाग्राहीहरु उत्साहित हुन थालेका छन । इटहरी उपमहानगरपालिकाले घरनक्सा अभिलेख कार्यमा छुटेका पुराना घरधनीहरुलाई समेत अभिलेखिकरण लागि मौका समेत दिएको छ । वार्षिक रुपमा तीन हजार देखि चार हजार घर नक्सा पासका लागि निवेदन पर्ने इटहरी उमपहानगरपालिकाको पछिल्लो तीन वर्षे तथ्याङ्कमा उल्लेख छ। तथ्याङ्मा नयाँ सम्पन्नसँगै माथिल्लो तला थप, नामसारी र अभिलेखिकरण समेटिएको छ। जसमा आर्थिक वर्ष २०७७ ।०७८ मा तीन हजार दुई सय ६६ घर नक्सा पास भएका छन् । आर्थिक वर्ष २०७८ ।०७९ मा ३ हजार ७ सय ६ वटा र चालु आर्थिक वर्षको चैत मसान्तसम्म ९ सय २७ वटा घर नक्सा पास भएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार इटहरीमा ४० हजार २ सय ७ घरधुरी रहेका छन । एक लाख नौ हजार नौं जनसंख्या छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved