ईटहरीमा चार दिने नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रम सुरु

  • बैशाख २९, २०८०
  • ३३३ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले प्रदेशको नामाकरणको विरोध गर्नेहरुलाई पार्टी दर्ता गरेर दुई तिहाई पुर्याएर संविधान संशोधन गरी नाम परिर्वतन गर्न आग्रह गरेका छन् ।

सुनसरीको इटहरीमा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा सुरु भएको नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रमका प्रमुख अतिथी मन्त्री राजभण्डारीले दुई तिहाई संसद पुर्याएर संविधान संशोधन गरेर नाम परिर्वतन गरे आफुहरुलाई मान्य हुने वताएका हुन् ।

मन्त्री राजभण्डारीले चार दिन सम्म सञ्चालन हुने नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रममा सहभागी युवाहरुले धेरै राम्रो कुरा सिक्ने बताउँदै संविधानले दिएका अधिकारहरु पुर्णरुपमा प्रयोग गर्ने कुराहरु सिकेर आफनो ठाउँमा समेत सिकाउन सक्ने वन्ने समेत विश्वास गरे ।

चार दिन सम्म सञ्चालन हुने नमुना युवा प्रदेश सभा अभ्यासमा प्रशिक्षण, जिम्मेवारी हेरफेर, विषयगत सत्र, प्रदेश सभामा पालन गर्नु पर्ने आधारभुत नीति नियम, युवा, जीवन र मार्गदर्शन, लोकतन्त्र र लोकतान्त्रिक संस्कृति, राष्ट्रिय युवा नीति २०७२ लगायतका विषयमा जानकारी गराए । नमुना युवा प्रदेश सभा बनाएर प्रदेश सभाको हुने मन्त्री मण्डल, प्रमुख प्रतिपक्षि, अन्य विपक्षी लगायतको सहभागितामा संसद सञ्चालन गरी समापन हुने छ ।

नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रममा कोशी प्रदेशका १४ वटै जिल्लाका ३८ जना युवाहरुको सहभागिता रहेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved