इजरायलमा राजनीतिक संकट झन चुलिंदै

  • चैत्र १३, २०७९
  • ७०५ पटक पढिएको
alt

इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योआब गालन्टलाई बर्खास्त गरेपछि राजनीतिक संकट झन चुलिएको छ  प्रधानमन्त्री नेतान्याहुले अघि सार्नुभएको विवादास्पद न्यायिक सुधान कार्यक्रमको विरोध गरेको आरोपमा रक्षामन्त्री गालन्ट बर्खास्त भएपछि आइतबार रातिदेखि दशौं हजारले सडकमा उत्रिएर प्रदर्शन गरेका हुन् । इजरायलको सबै भन्दा ठूलो शहर तेल अबिब र जेरुसेलममा सडकमा उत्रिएका दशौं हजार प्रदर्शनहरुको प्रहरीसँग झडप समेत भएको छ ।

प्रस्तावित न्यायिक सुधार कार्यक्रमले कार्यकारी प्रमुखलाई सर्वेसर्वा बनाउने भन्दै सुरुदेखि नै चर्को विरोध हुँदै आएको छ । विपक्षी दलहरुले लामो समयदेखि विरोध प्रदर्शन गर्दै आएकोमा रक्षामन्त्रीको बर्खास्तीसँगै सत्तारुढ दलभित्रै पनि उक्त कार्यक्रमको विरोध हुन थालेको देखिएको छ ।

जसकार कारण इजरायलमा राजनीतिक संकट थप चुलिने सम्भावना छ । राष्ट्रिय झण्डा बोकेका दशौं हजार प्रदर्शनकारीले आइतबार राति प्रदर्शन गरेका हुन । इजरायलमा बढ्दो राजनीतिक अस्थिरताप्रति अमेरिकाले पनि चासो दिंदै सहमतिको बिन्दु खोज्नु पर्ने बताउदै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved