इटहरी : राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने नारालाइ आत्मसाथ गर्दै इटहरी वडा नम्बर ८ ले चौथो वडा अध्यक्ष भेट्रान नकआउट फुटबल प्रतियोगिताको आयोजना गरेको छ । इटहरी ८ मा रहेको सरस्वती सतन मा वि मा आजदेखी प्रतियोगिताको आयोजना गरीएको हो । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले बेलुन उडाएर फुटवल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।
मानिसका लागि स्वास्थ्यभन्दा ठुलो केहि हैन भन्ने तर्फ मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरिएको इटहरी उपमहानगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रोहित कुमार चौधरीले बताएका छन । साथै उनले यस प्रतियोगितामा पुरुष तर्फ ५ र महिलातर्फ ४ टोलीको सहभागिता रहेको जानकारि गराएका छन ।
प्रतियोगितामा आयोजक वडा नम्बर ८ को कार्यलय सहित इटहरी ८ मा रहेका टोलबिकास संस्थाहरुबीच प्रतिस्पर्धा भइरहेको वडा सचिव घनश्याम गीरीले जानकारी दिए । आज भएको उद्घाटन खेलमा गोदावरी टोल बिकास संस्थाले जाग्रिती टोल बिकास संस्थालाइ ६ का विरुद्ध ३ गोलले पराजित गरेको थियो ।
भोलि हुने फाइनल खेल वडा कार्यलय र गोदावरी टोल बिकास संस्थाबीच हुने जनाइएको छ । प्रतियोगिताको उद्धघाटन कार्यक्रममा इटहरी उपमहानगरपालिका कार्यपालिका सदस्य दिपा राइ,रञ्जना सरदार,सरस्वती सतन मावि व्यवस्थापन समिति अध्यक्ष अरुण चौधरी,राष्ट्रिय जागृति क्लव इटहरीका अध्यक्ष सन्त बहादुर डुम्जन लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved