किड्स ह्याप्पी होमको स्नातक समारोह तथा अभिभावक दिवस सम्पन्न

  • फाल्गुन ८, २०७९
  • ४६६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : इटहरी २० तरहरामा रहेको किड्स ह्याप्पी होमले स्नातक समारोह तथा अभिभावक दिवस मनाएको छ । दिवसको अवसरमा बिद्यार्थीहरुले बिभिन्न जातजातीको भेषभुषामा सजिएर सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै फेसन सो पनि गरेका थिए । सोहि अवसरमा बिद्यार्थीहरुले खेलकुद लगायतका गतिबिधि प्रस्तुत गर्नुका साथै ट्राफिक सचेतना सम्बन्धि नाटक समेत प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष मणिराम श्रेष्ठको अध्यक्षतामा भएको सो दिवसमा जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो भने तरहरा जेसिसका अध्यक्ष बहादुर तामाङ्ग, प्रबन्ध निर्देशक सुनिल भुसाल, प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीको सहभागिता रहेको थियो ।

IMG_20230220_142725

प्ले ग्रुप देखि कक्षा ५ सम्मका बिद्यार्थीहरुलाई अध्यन अध्यापन गराउँदै आएको किड्स ह्याप्पी होमले बिद्यार्थीहरुलाई पढाईका साथ साथै अतिरिक्त क्रियाकलापहरु पनि गराउँदै आएको किड्स ह्याप्पी होमकि प्रधानाध्यापक रिता भुसालले बताइन् । कक्षा ५ मा अध्यनरत बिद्यार्थीहरुको उज्वल भबिस्यको कामना गर्दै बिधाई तथा स्नातक समारोह पनि अभिभावक दिवस कै दिन गरिएको प्रधानाध्यापक भुसालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved