प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुने

  • फाल्गुन ४, २०७९
  • ६१७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  सुनसरी सदरमुकाम इनरुवामा प्रथम इनरुवा उत्सव तथा चलचित्र महोत्सव हुने भएको छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ को आयोजना तथा इनरुवा नगरपालिकाको संयोजनमा यही फागुन ७ गते देखि १७ गते सम्म इनरुवा उतसव तथा चलचित्र महोत्सव हुने भएको हो ।

आयोजक नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ले इटहरीमा पत्रकार सम्मेलन गरी महोत्सवमा इनरुवाको नाम उच्च राख्ने शिक्षा,स्वास्थ्य ,खेलकुद,चलचित्र,पत्रकारिता लगायतका क्षेत्रमा विशेष योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान , चलचित्र प्रदर्शनी र सास्कृतिक कार्यक्रम ,पुस्तक विमोचन , बेबी फेन्सी ड्रेस प्रतियोगिता ,साहित्य सम्मेलन ,उत्कृष्ट तरकारी उत्पादक प्रतियोगिता , विद्यालय स्तरीय नृत्य प्रतियोगिता नेता भर्सेज अभिनेता फुटवल खेल आयोजना हुने अयाोजक संस्थाका अध्यक्ष अरुण प्रधानले जानकारी दिए । त्यसै गरी प्रदेश नम्बर १को नाम उच्च राख्न योगदान पुर्याउने चलचित्र क्षेत्रका व्यक्तित्वहरुलाई प्रदेश १ तारा भनेर सम्मान गर्ने समेत अध्यक्ष प्रधानले वताए । 

डिथ्रि अनलाईनको सभाहलामा आयोजित पत्रकार सम्मेलनमा नेपाल चलचित्रकर्मी संघ प्रदेश नम्बर १ सचिव दिनेश कोइराला , महोत्सव समितिका सदस्य शंकर महाजु , फिल्म निर्देशक भिषण राई लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

मुख्य खबरहरु
सबै
मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

नेपाल ट्रेड युनियन क ...

इटहरी : नेपाल ट्रेड युनियन काग्रेस कोशी प्रदेशले १५ विभाग तथा सेल मनोनयन गरेको छ । मनोनयन गरिएको विभ ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved