इटहरी ६ मा चितुवाले मच्चायो आतङक,स्थानिय त्रसीत,८ घण्टापछी नियन्त्रणमा

  • जेठ ३०, २०७९
  • ६०६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी:  सुनसरीको इटहरी ६ जुटविकास चोकको एकता टोलमा विहानै फेला परेको जगंली हिंसक जनावर चितुवा ८ घण्टापछि नियन्त्रणमा लिइएको छ ।

कोशी टप्पु वन्य जन्तु आरक्षबाट आएको प्राविधिक टोलीले चितुवालाई नियन्त्रण लिएको छ । एकता टोलमा मानिसहरुले विहान ५ बजे देखेको चितुवा मानवीय चहलपहल वढेपछि स्थानीय नेहरु चौधरीको घरमा पसेको थियो । चौधरीको घरमा पसेको चितुवालाई प्यासेजमा थुनेर जनप्रतिनिधि,सुरक्षाकर्मी लगायत सम्वन्धीत निकायलाई खबर गरेपछि जिल्ला वन कार्यालयको समन्वयमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको प्राविधिक टोलीले चितुवालाई गन मार्फत बेहोस वनाएर नियन्त्रण लिन सफल भएको छ । चितुवा विहानै घरमा पसेपछि खानपिन समेत नगरि त्रासमा बस्नु परेको चौधरीको घरमा डेरा गरी बस्ने जनक राज पुरी र शोभा राजवंशीले वताउछन ।

चितुवा फेला परेपछि एका तर्फ स्थानीय त्रसित वनेका थिए भने अर्का तर्फ नजिकबाट चितुवा नदेखेकाहरुले चितुवा हेर्न भिड गरेका थिए । विहानै चितुवा बस्तीमा पसेपछि स्थानीयलाई सुरक्षीत वनाउन सुरक्षा सर्तकता अपनाउन लगायतका काममा आफुहरुले समन्वय गरेको इटहरी उपमहानगरपालिका वडा नम्बर ६का वडा सदस्य दिनेश प्रधानले वताए । विहान ५ बजे फेला परेको चितुवालाई प्राविधिक टोली आएर ८ घण्टा पछि दिउँसो १ बजेपछि नियन्त्रणमा लिन सफल भयो । नियन्त्रणमा लिएरको चितुवालाई चितवन राष्ट्रिय निकुञ्ज पठाइने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved