इटहरीबाट मोटरसाइकल चोरी गर्ने दुई जना पक्राउ

  • माघ १, २०७८
  • ६७० पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी :  मोटरसाइकल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीका अनुसार बिहीबार इटहरी ६ का मानबहादुर तामाङको प्र १–०२–०४६ प ८७९० नम्बरको मोटरसाइकल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र ५ घर भइ इटहरी ४ मा कोठाभाडामा बस्दै आएका २२ वर्षीय मनिष वस्नेत र जिल्ला संखुवासभा सभापोखरी गाउँपालिका ४ वस्ने २० वर्षीय सन्तोष सुनुवार रहेका छन् ।

मोटरसाइकल चोरीमा पक्राउ परेका उनीहरूको कोठाबाट एक किलो दुई सय ५० ग्राम लागूऔषध गाँजा, पेचकस, रेती, रिन्ची, हयाक्सो ब्लेड, सिटी सफारीको ब्याट्री, डिजिटल तराजु, विभिन्न किसिमको हेलमेट तथा विभिन्न कम्पनीका मोबाइल सेट सात थानसहित बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूलाई लागूऔषध नियन्त्रण ऐन २०३३ र चोरी सम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको इटहरी प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved