बालिका बलात्कार प्रकरणः पत्रकार महासंघका सदस्य समेत रहेका कांग्रेस नेता पक्राउ

  • आश्विन ५, २०७८
  • ४०४ पटक पढिएको
  • न्यू पाटी
alt

दाङ । एक बालिकामाथि सामुहिक बलात्कार भएपछि होटेल संचालकलाई पनि प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरिया स्थित होटेल द रिभर फिस फेम्ली कटेजमा गत भदौ २७ गते अपराह्न १४ वर्षकी बालिकालाई दुईजना युवकले सामुहिक बलात्कार गरेका थिए ।

पीडित बालिका र बलात्कार आरोपी बिष्णु सुनारको बयानका आधारमा होटेल संचालक देवी कुसारीलाई प्रहरी आज पक्राउ गरेको हो । अदालतले पक्राउ पुर्जी जारी गरेपछि होटेल संचालक कुसारीलाई पक्राउ गरिएको इप्रका तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिएका छन् ।

कुसारी नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधिका साथै नेपाल पत्रकार महासंघ दाङका साधारण सदस्य समेत हुन् । उनी सामाजिक कार्यमा समेत संलग्न थिए । उनलाई म्याद थपकालागि अदालत लगिएको छ ।

दाङ प्रहरी प्रमुख एसपी सुरेस काफ्लेका अनुसार सामुहिक बलात्कारमा संलग्न कैलाली घरभई हाल तुलसीपुर ११ बेल्टाकुरा बस्ने २२ बर्षिय बिष्णु सुनार यसअघि नै पक्राउ परिसकेका छन् भने अर्का एकजना फरार छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved