हरिवंश आचार्य भन्छन् : नेतालाई भ्रष्टाचार सिकाउने गुरु कर्मचारी हुन्

  • मंसिर ७, २०७६
  • १६६ पटक पढिएको
  • न्यू पाटी
alt

नेपाली समाज कतातिर जाँदै छ? किन आम मानिसमा निराशा बढ्दै गएको छ? समाजकाम प्रगतिका बाधकहरू के हुन्?

करिब ४ दशकदेखि नेपाली रंगमञ्च, अभिनय तथा हास्यव्यंग्य विधाका विशिष्ट परिचय बनाएका वरिष्ठ कलाकार हरिवंश आचार्यसँग यी र यस्तै विषयमा लक्ष्मी बलायर  सीताराम बरालले कुराकानी गरेका छन्। जसको सम्पादित अंश आज शनिबारको नयाँ पत्रिकामा छापिएको छ। प्रस्तुत छ, त्यसको एउटा अंश-

देश चलाउने बाहिरी शक्ति छ भन्ने कुरा आशंका मात्र हो कि सत्य पनि?
यो हल्ला मात्र होइन, शतप्रतिशत साँचो कुरा हो। फलानो नेता वा फलानो व्यक्तिले भनेको भनेर कुनै व्यक्तिको नाम म यहाँ लिन चाहन्नँ। तर उच्च राजनीतिक तहमा अन्तरक्रिया हुँदा शीर्ष तहका नेताहरू नै भन्नुहुन्छ– ‘सानो सानो कुरामा पनि बाहिरबाट हस्तक्षेप हुन्छ, काम गर्न निकै गाह्रो छ।’

विदेशी हस्तक्षेप त छँदै छ, हाम्रो देशले अपेक्षित सफलता हासिल गर्न नसक्नाको अर्काे कारण भ्रष्टाचार हो, घुसतन्त्र हो। प्रशासनतन्त्र यति छाडा भयो कि कर्मचारी नै नेताहरूलाई घुस खान सिकाउने गुरु बने। नेताहरू त अस्थायी हुन्, सत्तामा आउँछन्, दुई÷तीन वर्ष जिम्मेवारीमा बस्छन्, जान्छन्। तिनीहरूलाई ‘यताबाट यसरी खानुपर्छ है, उताबाट यसरी तान्नुपर्छ है’ भनेर सिकाउनेचाहिँ ब्युरोक्रेटहरू हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved