गोरखा होटल आजदेखि सञ्चालनमा

  • पुस १६, २०७६
  • २९७ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी । नेपाल भ्रमण वर्ष २०२०लाई लक्षित गरि सुनसरीको इटहरीमा सुविधा सम्पन्न गोरखा होटल प्रा .लि सञ्चालन आएको छ ।पूर्वी नेपालमा छुटै व्यवसायिक पहिचान वनाउन सफल गोरखा डिर्पाटमेन्ट स्टोरका सञ्चालकहरुले प्रदेस नम्बर १को केन्द्रविन्दु इटहरीमा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएको हो ।

प्रदेस नम्बर १मा रहेका भौगोलिक तथा धार्मिक पर्यटकीय क्षेत्रहरुमा आउने पर्यटकहरुलाई लक्षित गरी ठुला होटल खुल्ने क्रमसंगै गोरखा होटल सञ्चालनमा ल्याइएको होटल सञ्चालक बलराम आचार्यले जानकारी दिए । होटल उद्घाटन गर्दै प्रमुख अतिथी उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले इटहरी क्षेत्रमा सुविधा सम्पन्न होटल सञ्चालनमा ल्याएर आन्तरिक पर्यटकहरुलाई थप आकर्षित गर्न सक्ने वताए ।

मुलुकका सुविधा सम्पन्न होटलहरुकै तुलनामा इटहरीमा नेपाल भ्रमण वर्षको अवसर पारेर सञ्चालनमा ल्याइएको गोरखा होटलले आन्तरिक तथा वाह्य पर्यटकहरु आकर्षित गर्ने होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुलीले विश्वास लिएका छन ।

होटल उद्घाटनको अवसर र नेपाल भ्रमण वर्षको अवसरमा एक महिना सम्म होटलले विशेष छुटको व्यवस्था समेत दिने जानकारी गराइयो । ४० लाख लागतमा सञ्चालनमा ल्याइएको ४२ कोठे होटलमा स्विट ,एक्जुकेटिभ , डिलक्स र नर्मल रुमहरु रहेका छन ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved