काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको छ । बिहीबार मध्यपहाडी राजमार्गमा संकल्प यात्रामा रहेका अध्यक्ष ओलीमाथि धनकुटामा हातपात भएको हो । संकल्प अभियानको क्रममा धनकुटा र भोजपुरको बीचमा पर्ने लेगुवा पुगेका एमाले अध्यक्ष ओलीलाई फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले आक्रमणको प्रयास गरेका हुन्।
उनको आक्रमणलगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए। महालक्ष्मी-५ धनकुटाका महेश राईले ओलीलाई आक्रमण गरेका हुन्। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। ओलीमाथि भएको आक्रमणको विषयमा प्रहरीले भने औपचारिक रुपमा कुनै जानकारी दिएको छैन।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved