इटहरी : बिभागीय टिम त्रिभुवन आर्मी क्लब सुनसरीमा जारी १३ औ संस्करणको इटहरी गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । आज मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा आर्मीले झापाको रोलिंग क्लबमाथी ४–१ को पराकिलो जीत दर्ता गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । आर्मीको जीतमा दिपक गुरुंग, जिलेस्पीजंग कार्की, सुदिल राई र पदम तामांगले एक एक गोल गरे । पराजित रोलिंग क्लबका लागि बिदेशी खेलाडी डेडी वाम्बाले एक गोल फर्काए ।
खेलको म्यान अफ द म्याच आर्मीका कप्तान जिलेस्पीजंग कार्की घोषित भए । उनले नगद १० हजार पाए । आजको क्वाटरफाइनल खेलसंगै इटहरी गोल्डकपको सेमिफाइनल समिकरण पनि पुरा भएको छ । आजको बिजेता आर्मीले बिहिबार चर्च ब्वाइज युनाइटेडक्लबसंग सेमिफाइनलमा प्रतिष्पर्धा गर्नेछ ।
चर्च ब्वाइज यसअघि आयोजक राष्टिय जागृती क्लबलाई पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ । त्यअघि भोलिको पहिलो सेमिफाइनल खेल साबिक बिजेता सगरमाथा क्लब मोरंग र ए डिभिजन क्लब मछिन्द्रबिच हुनेछ । मछिन्द्रले कञ्चनजंगा फुटबल क्लब भारतलाई पराजीत गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो भने सगरमाथाले एभिनियर फुटबल क्लब क्यामरुनलाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । शनिबार हुने फाइनल खेल बिजेताले नगद १० लाख र उपबिजेताले ५ लाख रुपैया पाउनेछ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved