सुचनालाई अटेर गर्नेहरुको संरचना भत्काइएको हो : इटहरी उ.म.न.पा प्रमुख पौडेल

  • माघ २९, २०७९
  • २४६ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : किमाथांका रानी व्यापारीक मार्गको सिमा भित्र पर्ने संरचनाहरु खाली गराउने कार्यलाई इटहरी उपमहानगरपालिकाले निरन्तरता दिएको छ । उत्तरी छिमेकी मुलुक चिन देखि दक्षिणी छिमेकी मुलुक भारतलाई स्थलमार्गबाट जोड्ने गरी निर्माण भई रहेको व्यापारी मार्ग निर्माण कार्यमा सहयोग पुर्याउन उपमहानगरपालिकाले सडक क्षेत्रमा पर्ने संरचनाहरु खाली गराउन थालेको हो ।

केही दिन अघि इटहरी उपमहानगरपालिका वडा नम्बर ९मा सडक क्षेत्रमा रहेका संरचनाहरु भत्काएको उपमहानगरपालिकाले ६लेन सडक निर्माण कार्यलाई सहज वनाउन सडक क्षेत्र खाली गराउने कार्यलाई निरन्तरता दिएको उपमहानगरपालिका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए ।

330637150_746082360085377_1062120540467847751_n

६ लेन सडकले सडक क्षेत्रमा रहेका संरचना खाली गराउन आग्रह गरे बमोजिम उपमहानगरपालिकाले सुचना जारी गरेपनि सुचनालाई अटेर गर्नेहरुको संरचना भत्काइएको समेत नगरप्रमुख पौडेलले वताए । सडक क्षेत्रमा पर्ने घरहरु भत्काउन आग्रह गरिए बमोजिक धेरै जनाले आफैले भत्काएको र केहीले भत्काउन नमानेपछि सडक निर्माण कार्यलाई सहयोग पुर्याउन उपमहानगरपालिकाले नै भत्काएको वडा नम्बर ६का वडाध्यक्ष दिवस पोखरेलले जानकारी दिए ।

उपमहानगरपालिका क्षेत्रको वडा नम्बर ९ र ६मा पर्ने केही संरचनाहरु नभत्काइएको कारण किमाथांका रानी त्रिदेशिय व्यापारीमार्ग निर्माण कार्य सो ठाउमा हुन सकिरहेको छैन ।

330732868_857960448827516_3484360766294590202_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved