किसान कल्याण बचत तथा ॠण सहकारी संस्था लिमिटेडले मनायो २६ औं स्थापना दिवस

  • कार्तिक १३, २०७८
  • ६८२ पटक पढिएको
  • न्यू पाटी
alt

इटहरी : एशियाली ॠण महासंघबाट एक्सेस ब्राण्ड सिल्भर मेडल समेत प्राप्त गर्न सफल भई सकेको सुनसरी जिल्ला कै एक उत्कृष्ट सहकारी संस्था किसान कल्याण बचत तथा ॠण सहकारी संस्था लिमिटेडले एक कार्यक्रमको आयोजना गरी २६ औं स्थापना दिवस मनाएको छ ।

सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यता तथा किसान कल्याण बचत तथा ॠण सहकारी संस्था लिमिटेडका अध्यक्ष शालिकराम ढकालको अध्यक्षतामा स्थापना दिवस मनाइएको हो ।

सहकारीले स्थापना दिवसको अवसर पारेर विभिन्न विधामा सम्मान समेत गरेको छ । सो अवसरमा फरक क्षमता सम्मान, उत्कृष्ट जेष्ठ नागरिक बचतकर्ता, उत्कृष्ट बाल बचतकर्ता, उत्कृष्ट लघुवित्त, उत्कृष्ट सदस्य विस्तारमा योगदान पुर्याउने कर्मचारी, उत्कृष्ट उद्यमी, उत्कृष्ट व्यवसायी, उत्कृष्ट पशुपालन, उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणी लगायतका विद्यामा सम्मान गरेको छ । सम्मानीत हुनेहरुलाई कार्यक्रमका प्रमुख अतिथी लगायतका अतिथीहरुले सम्मान गरेका थिए ।

२०५८ सालमा स्थापना भई सञ्चालन हँुदै आएको किसान कल्याण सहकारीले आफ्ना सदस्यहरुका लागि विभिन्न किसिमका बचत कार्यक्रमहरु सञ्चालन गरेको छ भने कृषि तथा पशुपालन, व्यापार व्यवसाय, औद्योगिक, सवारी साधन, बैदेशिक रोजगार, सामाजिक आकस्मिक, घर जग्गा खरिद तथा निर्माण, शैक्षिक अध्ययन र विद्युतिय सामान खरिद शिर्षकमा ॠण प्रवाह समेत गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved