निर्देशक भीम लामाको नेपाली राष्ट्रवादी गीत ‘ जाउँ साथी सरर ‘ चाँडै बजारमा सार्वजनिक हुँदै

  • असार २७, २०७७
  • ५६६ पटक पढिएको
  • शिव भट्टराई
alt

मोरङ ।  एक रास्ट्रबादी भावना भएका चलचित्र निर्माता निर्देशक अनि कलाकार भीम लामाको निर्देशनमा राष्ट्र र रास्ट्रीयता अनि नेपाली जनता प्रती सत प्रतिशत सरोकार रहेको प्रेम बिस्ट र गङ्गा गौतम आचार्यको आवाजमा ‘ जाउँ साथी सरर ‘ बोलको नेपाली राष्ट्रिय गीत चाँडै बजारमा सार्वजनिक हुँदैछ।
 
बर्षौ बाट अलि अलि गर्दै छिमेकी मुलुक ले हाम्रो मातृभुमी माथी र नेपाली माथी हेपाहा र मिचाहा प्रवृत्ति गरिरहेको अवस्थामा हामीले देश र जनताको रक्षाको लागि तुरुन्तै हेपाहा र मिचाहा छिमेकी प्रति प्रतिकार गर्नु पर्छ भन्ने यो रास्ट्रबादी गीतको मुल आवाज रहेको निर्देशक भीम लामाले बताएका छन्।
44 1
 
आफु पनि एक रास्ट्रबादी भावना भएको चलचित्र निर्माता निर्देशक अनि कलाकार भएको हुनाले आफू जन्मेको ठाँउ बेलबारी नगरपालिका बाटै देशको लागि एउटा बुलन्द गीत संगित मार्फत आवाज दिन खोजेको उनको भनाइ छ। बेलबारी नगरपालिकाका जनप्रतिनिधि अर्थात स्थानीय सरकार जनता प्रती प्रदेश १ को सबै भन्दा बढी उतरदायीत्व र जिम्मेवारी देखिएको कारणले गर्दा यो गीतमा बेलाबारी नगरपालिकाका उपप्रमुख ढाका पराजुली ,प्रबक्ता योगेन्द्र सुवेदी,वडाका जनप्रतिनिधिहरु,सामाजिक अभियन्ता इरान राई सेबक र शान्ति गुरुङ्ग, पत्रकार शिव भट्टराई, खेलाडीहरु,साहित्यकारहरु, मोडलहरु अनमोल खतिवडा र सिम्रन कार्की, कोरियोग्राफर रक्षा राई तथा सुनसरी र मोरङ जिल्ला का आदिवासी कलाकारहरु उदय सुब्बा , सन्ध्या भुजेल ,बेदिना धिमाल ,इस्मिता धिमाल ,लिसरा मगर,गृष्मा मगर, रिया एक्चाइ मगर लगायत २ दर्जन भन्दा बढी सरोकारवालाहरुको उपस्थितिमा बिहिबार शूटिंग सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

मुख्य खबरहरु
सबै
उच्च अदालतबाट सन्दीप ...

काठमाडौं : उच्च अदालत पाटनले बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई सफाइ दिएको छ । न्यायाधीशद ...

मलामी आएका ब्यक्तिले ...

सुनसरीको इटहरी उप महानगरपालिका ४ स्थित मुक्तिघाटमा मलामी आएका ब्यक्तिले चिर्पट प्रहार गर्दा मुक्तिघा ...

मोरङ्गको नयाँ वृन्दा ...

इटहरी : इटहरी धार्मिक पर्यटकीय क्षेत्र मोरङ्गको नयाँ वृन्दावन गौशालामा फागु पुर्णिमाका दिन फूलको होल ...

प्रबन्ध निर्देशक :- रञ्जना पौडेल

प्रधान सम्पादक :- N/A

दृष्य सम्पादक :- संगीत सिग्देल

सल्लाहकार :- नारायण बावु कार्की

बिज्ञापनको लागि : संगीत सिग्देल
सम्पर्क : 9862617671, 9807363076

Market :- [email protected]

सूचना विभाग दर्ता नं. ७३१/०७४-७५

Copyright © 2019 / 2024 - Newpati.com - All rights reserved